नेपाल भम्रण वर्ष २०२० सचिवालय विघटन हुने

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ चैत्र १९, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाण्डौ । नेपाल भम्रण वर्ष २०२० सचिवालय विघटन हुने भएको छ । सचिवालय वैशाख १ गतेबाट विघटन हुने भएको हो । सरकारले कोरोना भाइरसको प्रभावका कारण यसअघि नै भ्रमण वर्षका कार्यक्रम स्थगन गरेको थियो । ‘२०७७ वैशाख १ गतेबाट सचिवालय विघटन गरिएको छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले ट्विटरमा उल्लेख गरेका छन ्।
भ्रमण वर्ष सचिवालयमा कार्यरत सरकारी कर्मचारीलाई मन्त्रालय मातहतमा लगिने भएको छ । मन्त्रालयका सहसचिव रुद्र बहादुर तामाङले नेपालखबरसँग भने, ‘अस्थायी तथा करारमा भर्न गरिएका कर्मचारीलाई विदा गरिएको छ ।’ तामाङले सचिवालय संयोजक सुरज वैद्यसहित सबै कर्मचारीलाई विशेष परिस्थितिको कारण विदा गर्नुपरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस