चैत्र २०,सप्तरी । दिल्ली जमातमा सहभागी भएर फर्केकासहित विभिन्न देशबाट घर फर्केकाहरु सुरक्षित क्वारेन्टाइनमा नबसेपछि सप्तरीमा प्रशासनले यस्ता व्यक्तिको खोजी सुरु गरेको छ ।
दिल्ली जमातमा सहभागी भई आएर आफ्नो घरमा लुकेर बसेको अवस्थामा प्रहरीले बुधबार ६ जनाभन्दा बढीलाई राजविराजबाट पक्राउ गरेको छ । जिल्लाको अन्य ठाउँबाट भारतको विभिन्न ठाउँबाट आएका ३४ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको हो ।
जिल्लाको अन्य ठाउँमा पनि दिल्ली जमातका सहभागी तथा बाहिरबाट आएर घरमा लुकेका मानिस रहेको आशंका गरिएको छ । क्वारेन्टाइनमा नबसी आदेशको उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कानुनी, कारबाही र दण्ड सजाय दिइने जनाएको छ ।