चैत्र २४,काठमाडौँ । नेकपा धादिङका नेता तथा व्यवसायी कुमार पाण्डेले कोभिड–१९ रोकथामको लागि धादिङका ३ स्थानीय तहलाई आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेका छन । उनले गल्छी गाँउपालिका, थाक्रे गाँउपालिका र धुनिवेशी नगरपालिकालाई केही थान स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
उनले तिनवटै स्थानीय तहमा प्रत्येकलाई १० थान पिपिइ , २० लिटर सेनिटाईजर, ५०० थान टप गोलबस र २०० थान हेड क्याप प्रदान गरेका हुन । ‘लकडाउनका कारण सम्बन्धित ठाँउमा पुर्याउन सकिन् , सावारी आवातजावत नभएको कारण मैले काठमाडौँबाट नै लिएर जानुस् भनेको छु’ पाण्डेले अनलाईनकेन्द्रलाई भने । पाण्डे आफैपनि धुनिवेशी नगरपालिकाका बासिन्दा हुन ।
कोभिड–१९ का कारण देशभरका स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्न आवश्यक पिपिएलगायतका सामग्री अभाव भइरहेको खबर आइरहेका छन । जसका कारण कोरोना संक्रमितको उपचारमा समेत असर पर्ने गर्दछ । यसैगरी व्यवसायी बिनोद पाण्डेले धुनिवेशी नगरपालिकालाई १० थान पिपिइ प्रदान गरेका छन । तिन नगरपालिका मध्ये गल्छी र थाक्रे गाँउपालिकाले प्रदान गरिएको स्वास्थ्य सामाग्री लिएर गएका छन भने धुनिवेशी नगरपालिकामा भोली पुग्ने बताइएको छ ।