स्वर्गद्वारी आश्रम सङ्कटमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २९, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत्र २९, प्यूठान । नेपालका प्रमुख धाममध्ये महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी कोभिड– १९ संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आर्थिक संकटमा परेको छ । स्वर्गद्वारीमा रहेका गाईको हेरचाह, खाद्यान्नलगायत अन्य व्यवस्थापन हुन नसक्दा संकट उत्पन्न भएको हो । स्वर्गद्वारी दर्शनार्थीबाट उठेको भेटीका भरमा चल्दै आएको छ । अहिले लकडाउनपछि स्वर्गद्वारी दर्शनका लागि दर्शनार्थी आउन रोकिँदा गाईलाई दाना, घाँस, कामदारको समेत अभाव भएपछि संकटमा परेको स्वर्गद्वारी आश्रमले जनाएको छ ।

आश्रममा १५० कर्मचारी छन् । संस्कृत पढ्न ८५ जना वटुक रहेका छन् । स्वर्गद्वारी आश्रमका नाममा दाङका तुल्सीपुर र लमही तथा प्युठानको स्वर्गद्वारीमा ६५० गाई पालिएका छन् । तीमध्ये स्वर्गद्वारी आश्रममा मात्रै ४५० छन् । स्वर्गद्वारीमा रहेका गाईका लागि दैनिक ६ क्विन्टल दाना खपत हुन्छ । त्यो तुल्सीपुरमा रहेका उद्योगबाट ल्याउँदै आइएको थियो । अहिले उद्योग बन्द हुँदा दाना ढुवानी रोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस