धादिङमा १ हप्ताको लागि ढुवानी प्रतिबन्ध, ज्वालामुखी गाउँपालिकामा आवत जावतमा समेत बन्द

Post Thumbnail

बैशाख ३,धादिङ । धादिङ जिल्लामा वैशाख ४ गतेदेखि १० गतेसम्म बाहिरी जिल्लाबाट हरियो तरकारी तथा फलफुल र खाद्यान्न ल्याउन प्रतिबन्ध गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामका लागि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज बसेको बैठकले ढुवानी तथा पसल संचालनमा प्रतिबन्ध लगाएको हो ।

बैठकले १० गतेसम्म जिल्लामा रहेका पसल, बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीहरु र यातयात पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । औषधी पसलहरु भने भौतिक दूरी कायम गरी सन्चालन गर्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिएका छन । ।

उहाँले जिल्लालाई आवश्यक पर्ने खाद्यान्न तत्कालका लागि स्टक भएको बताउँदै ढुवानी तथा ओसारपसार नगर्न जिल्लाका सबै खाद्यान्न व्यवसायीलाई समेत आग्रह गर्नुभएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा कोरोना भाइरसको द्रुत परिक्षण (र्‍यापिड टेष्ट) गर्दा एक जना युवामा कोरोना भाइरसको संक्रमण देखिएकोले यस किसिमको बन्देज लगाइएको हो । यसैगरि ज्वालामुखी गाउँपालिकामा आवत जावतमा समेत बन्द गराइएको छ ।

-रासस

ताजा अपडेट

खोजी गर्नुहोस