जेठ ८,काठमाडौँ । धुनिवेशी नगरपालिकाको स्वास्थ्य कार्यालयमा कार्यरत दुई जनामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । बिहिबार स्वास्थ्य कार्यलयमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी २० जनाको आरडिटी परिक्षण गरिएको थियो ।
जसमध्य २ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । आरडिटी पोजेटिभ देखिएकाहरुको पीसीआर परिक्षणका लागि भोली स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइने स्वास्थ्य कार्यलय धुनिवेशीका प्रमुख ध्रुब अधिकारीले जानकारी दिए । नमुना संकलन गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र क्वारेन्टाईनमा राखिएको छ ।