इद उल फित्र आज मुलुकभर विशेष रूपमा मनाइँदैं

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ जेष्ठ ११, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ ११, काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज मुलुकभर विशेष रूपमा मनाइँदैंछ । एक महिनाको निरहार व्रतपछि आज ईद इस्लाम धर्मावलम्वीहरुले बिशेषरूपमा ईद मनाइदै छन् । इद उल फित्र कै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखहरुले शुभकामना दिएका छन् ।

यसै बिच राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका छन् । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस