मुस्लिम समुदायले आज इदुलफित्र ईद मनाउँदै, आज सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७७ जेष्ठ १२, सोमबार (४ साल अघि)
  • १६२ पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौं । रमदान रमजान महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र ईद मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

हिजरी संवतको रमदान महिनाभर व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना धर्माधिकारीले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस