जेठ २६,धादिङ । सदरमुकाम धादिङवेशीमा रहेको क्वारेन्टाइनमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना पुष्टि भएका १६ जना व्यक्तिहरुमा नीलकण्ठ–१ का १७ बर्षका पुरुष, नीलकण्ठ–२ का २२ बर्षका पुरुष, नीलकण्ठ–३ का ४० बर्षका पुरुष,नीलकण्ठ–५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ–११ का ४२ र ५५ बर्षका पुरुष, नीलकण्ठ–१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिका रहेका छन् ।
उनिहरु सबैजना केही दिनअघि भारतबाट आएका थिए । भारतबाट आउने बित्तीकै उनिहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । यो संगै धादिङमा संक्रमितको संख्या २२ पुगेको छ । यसअघि धादिङकै ६ जनामा कोरोना संक्रमण रहेको थियो ।