रुपन्देही सामूहिक हत्याकाण्ड: फरुवा प्रहार गरेर हत्या गरेको आरोपीद्धारा स्वीकार !

Post Thumbnail

जेठ २७,काठमाडौँ । । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ ।

गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो । घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरी दाबी छ ।

‘सुरुमा उनले संलग्नता स्वीकारेनन् तर, सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बताएका छन्’, रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने, ‘उनीहरुले दुःख दिने गरेकाले हत्या गर्नु परेको उनको भनाइ छ ।’ उनले सिंजालीको भनाई प्रारम्भिक भएको र यसबारे थप बयान लिने क्रम जारी रहेको उनले अनलाईनकेन्द्रलाई बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस