असार ११, चितवन । चितवन निर्वाचन क्षेत्र नम्वर-१ मा ८ सय घरधुरीमा फुसको छाना हटाई जस्ता लगाईने भएको छ ।
बिपन्न परिवारलाई लक्षित गरि शहरी बिकास मन्त्रालयबाट कार्यक्रम पारिएको त्यस क्षेत्रका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिए ।
सांसद पाण्डेका अनुसार राप्ती नगरपालिकाको ३६८ घरधुरी , खैरहनी नगरपालिकाका २१६ घरधुरी र रत्ननगर नगरपालिकाका २१६ घरधुरीमा फुस्को छाना हटाएर जस्ता लगाईनेछ ।
आर्थिक बर्ष २०७७/०७८ का लागि परेको यस कार्यक्रमका लागि प्रति घर ५० हजार सरकारले उपलब्ध गराउने पाण्डेले जानकारी दिए ।