असार १३,काठमाडौँ । उपत्यका भित्रने सवारी साधनलाई पाससहित व्यवहारिक हेरेर छोड्ने गरिएको छ । कोरोना भाइरस महामारी दिनप्रतिदिन बढ्दै गएपछि नागढुंगा नाकामा पास खोजीलाई प्राथामिकतामा राखिएको छ ।
नागढुंगामा सजिलै छिर्न सकिन्छ भन्दै विना पास आउने नागरिकलाई फिर्ता पठाउने गरिएको नागढुंगा प्रहरी निरिक्षक हेमन्त थापाले अनलाईन केन्द्रलाई बताए । गएको २४ घण्टामा हल्का सवारी २८ वटा र मोटरसाइकल ४८ वटा फिर्ता गरिएको उनले बताए । दैनिक अहिलेपनि दर्जनौ सवारी फिर्ता पठाइएको छ ।
पास भएका र अत्यावश्क काममा आएकाहरुलाई सोधीखोजीसहित पठाउने गरिएको छ । सरकारले उपत्यका छिर्ने नाकामा अझै कडा गर्ने निर्णय उल्ट्याएको छैन् ।