पर्यटन क्षेत्रमा कोरोना असरः ४१ अर्ब क्षति हुने सरकारको प्रतिवेदन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १९, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाडौं । सरकारले पर्यटन क्षेत्रमा लकडाउनका कारण ३४ अर्ब बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको छ । पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठन भएको अध्ययन कमिटीले लकडाउनका कारण ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको हो । सरकारले पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न सो कमिटी गठन गरेको थियो ।

उक्त कमिटीले कोरोना महामारीको संक्रमण न्यूनिकरण गर्न सरकारले गरेको लकडाउनका कारण पर्यटन क्षेत्रमा हरेक महिना १० अर्ब रुपैयाँ बराबर क्षति भएको अनुमान गरेको छ । मन्त्रालयकाअनुसार साउन ७ गतेसम्म लकडाउनको अवधि लम्बिँदा थप ७ अर्ब सहित कूल ४१ अर्ब बराबर क्षति हुने अनुमान गर्दै अर्थमन्त्रालयमा प्रतिवेदन पठाएको बुझाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस