लकडाउनले बन्द रहेको पशुपति मन्दिर खुल्ने तयारी

Post Thumbnail

असार २८,काठमाडौँ । लकडाउनका कारण बन्द भएको पशुपतिनाथ मन्दिर. दर्शन सरकारले खुला गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् ।

अब मुलुक बिस्तारै कोभिड(१९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्ने गरि तयारी शुरु गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले आइतबार कोषमा समक्षिा बैठक आयोजना गरेका थिए । बैठकमा उनले पशुपति दर्शनको तयारी शुरु गर्न निर्देशन दिएका हुन् । पशुपतिनाथ मन्दिरमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । सन्ध्या आरती समेत बन्द रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस