असार ३१,काठमाडौँ । राजधानी उपत्यकासहित विभिन्न सहरमा भाडामा बसेका व्यवसायी र परिवारलाई असार मसान्त लाग्दैगर्दा घरवेटीले घरभाडा दिन ताकेता गरिरहेका छन् । तर पिडामा रहेका व्यवसायीलाई केही मनकारी घरवेटीले विभिन्न समयको घरभाडा मिनाहा पनि गरिरहेको खवर आइरहेको छ ।
यस्तै राजधानीको मुट मानिएको कलंकीमा रहेको रुद्र बजारले पनि यहाँका व्यवसायीलाई ठुलो राहात हुनेगरी घरभाडा मिनाहा गरेको छ । कोरोना भाइरस (कोभिढ–१९ को महामारीले विश्व नै आक्रान्त भएको बेलामा कलंकी–१४ निवासी समाजसेवी धार्मिक व्यक्तित्वसमेत रहेका स्वर्गीय वासुदेव के.सीको सम्झनामा उनको धर्मपत्नी निलु के.सी र छोरी नितिशा के.सीबाट रूद्र बजारमा व्यवसाय गर्दै आइरहेका सम्पूर्ण व्यवसायीहरुलाई गत चैत्र महिनादेखि २०७७ जेष्ठ महिनासम्मको शतप्रतिशत घरभाडा मिनाहा भएको हो । रुद्र बजारमा दर्जन भन्दा व्यवसायी विभन्न व्यवसाय गर्दै आइरहेका छन् । कलंकी चोकमा रहेको सो बजार कलंकीको चर्चित बजार मध्येमा पर्छ ।
केसीले हाललाई आगामी कार्तिक महिनासम्म प्रत्येक महिनाको भाडाको ५० प्रतिशत छुटसमेत दिने निर्णय गरेकी छिन् । उनले अनलाईनकेन्द्रसंग कुराकानी गर्दै भनिन् – व्यवसायीले मासिक लाखौँ भाडा तिर्नसक्ने अवस्था छैन् । उनले थप भनिन्– भोली कोरोनापछि पनि उहाँहरु निरन्तर बस्नुभयो, राम्रो भयो भने छदैछ्, त्यसमाथी मलाई श्रीमानको प्रेरणा मिलेको छ,समाज सेवा गर्नुपर्छ, अरुको दुख पनि आफ्नो दुख सम्झिनुपर्छ । यो बेला लकडाउन छ, कुनै व्यवसाय नचलेको अवस्थामा उहाँहरुले पनि कसरी भाडा तिर्नु ?’ केसीको परिवार पहिल्यैदेखी विभिन्न सामाजिक सेवा गर्दै आइरहेको परिवार हो । स्व.वासु केसीले पनि विगतमा विभिन्न सामाजिक सेवा गर्दै आएका थिए ।
सो भाडा मिनाहा र छुट पछि रुद्र बजारमा व्यवसाय गर्दै आइरहेका व्यवसायीले कृतज्ञता प्रकट गरेका छन् । साथै उनिहरुले के.सी.परिवारलाई आभार प्रकट गर्दै स्वर्गीय बासुदेव के.सीप्रति श्रद्धा सुमन प्रकटगरेका छन् । यसअघि पनि विभिन्न घरवेटीले घरभाडा छुट तथा मिनाहा गरिरहेका छन् । कोही भने यहीबेला व्यवसायी तथा परिवारसंग घरभाडा असुल्ने मानसिकताले भाडामा बस्नेलाई धम्किपुर्ण तरिकाले भाडा तिर्न दवाब दिइरहेका छन् । लामो समयको लकडाउन र व्यवसाय तथा रोजगारी शुन्य हुँदा घर बहालमा बस्ने र घरधनीबीच टकराव बढ्दो क्रममा रहेको छ ।