साउन ३,रसुवा । वर्षाका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक खण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानीडाँडा क्षेत्रमा दुईवटा पहिरो खसेको छ ।
अवरुद्ध सडक खुलाउन समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो । पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे खण्ड र धुन्चे–स्याफ्रु खण्डमा भने गाडी चलिरहेका छन् ।