केरुङ च्छो पोखरी फुट्न सक्ने चेतावनी : भोटेकोशी किनारमा रहेका बस्ती तत्कालै सार्ने आग्रह

Post Thumbnail

साउन ६,सिन्धुपाल्चोक । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ ।ठूलो पानी परिरहेकाले न्यालममा रहेको पोखरी फुट्न सक्ने जानकारी चिनियाँ अधिकारीले दिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर भोटेकोशी गाउँपालिका, बाह्रबीसे नगरपालिकासहित नदी तटीय क्षेत्रमा ठूलो क्षति हुन सक्ने भएकाले सचेत रहन प्रमुख जिल्ला अधिकारी ढकालले आग्रह गरेका छन्।

भोटेकोशी किनारमा रहेका बस्ती तत्कालै सार्ने व्यवस्था मिलाउन पनि जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस