धादिङको त्रिपुरासुन्दरीमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु

Post Thumbnail

साउन ६,काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।

गएराति माथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उनकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । रातिको समय भएको उद्धार गर्न नसकेको स्थानीयबासिन्दा हरि विकले जानकारी दिए ।

एउटा मात्र घर पहिरोले बगाएको र बाँकी ५ घर जोखिममा रहेको तथा ती परिवारलाई सुरक्षित ठाउँमा राखिएको पनि विकले जानकारी दिए । खबासेमा प्रहरी टोली पुग्दैछ ।

-रासस

ताजा अपडेट

खोजी गर्नुहोस