साउन १५,काठमाडौँ । काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो ।