कोरोना संक्रमित ६५ वर्षका पुरूषको भरतपुर अस्पतालमा मृत्यु

Post Thumbnail

भाद्र ४,चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं= १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् । चितवनका संक्रमितमध्ये भतरपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका १र १ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस