कोरोना संक्रमणबाट पर्सामा थप एक व्यक्तिको मृत्यु

Post Thumbnail

दिपु वर्णवाल                        

भाद्र ११,विरगञ्ज । पर्सामा थप एक व्यक्तिको कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमणबाट मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा धोबिनी गाउँपालिका वडा नं. ३ गुलियाका ७२ वर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ । मृत्यु पश्चात उनको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि सोहि अस्पतालको पिसिआर प्रयोशालामा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए ।

बुधबार साँझ करिव साढे ६ बजेको करिबमा उपचारको क्रममा वृद्धले ज्यान गुमाएको उनले जानकारी दिए ।

उच्च रक्ताचाँप, दमा र मुटु सम्बन्धि दिर्घ रोगि वृद्धलाई श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भदौं ८ गते नारायणीमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपस्चात् उनमा निमोनियाको लक्षण समेत विकसित भएको प्रवक्ता डा. चौरसियाले बताए ।

योसँगै पर्सा जिल्लामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउँनेको संख्या ३२ पुगेको छ भने २ हजारका हाराहारीमा मान्छे सङ्क्रमित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस