प्रदेश २ मा शनिबार सात जना सङ्क्रमितको मृत्यु

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७७ भाद्र १४, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र १४, जनकपुरधाम । प्रदेश नं २ मा शनिबार मात्रै उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ । शनिबार मात्रै प्रदेश नं। २ को महोत्तरीमा दुई, सिरहामा दुई र पर्सामा तीनजना गरी सात जना कोरोना भाइरस सङ्क्रमित उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं।२ का वरिष्ठ चिकित्सक एवम् सूचना अधिकारी डा। कमलेश प्रसाद यादवले जानकारी दिए ।

उनले प्रदेश नं।२ मा २० महिलासहित १६५ जना नयाँ कोरोना सङ्क्रमित थपिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणबाट आज १६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस