पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडक बन्द

Post Thumbnail

भाद्र २६,काठमाडौँ । पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडक बन्द भएको छ । चितवनको कालीखोलामा पहिरो खसेपछि बिहानैदेखि सडक बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बन्दपछि सयौँ गाडी रोकिएका छन् ।

ठूलो पहिरो झरेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । वर्षौँदेखि पहिरोका कारण प्रभावित हुँदै आएको यो सडक एसियाली विकास बैंकको सहयोगमा विस्तार भइसकेको छ । तर पनि पहिरोले दुस्ख दिन छाडेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस