सिन्धुपाल्चोक पहिरो: ज्यान गुमाउनेको संख्या ९ पुग्यो, २२ जना बेपत्ता (अपडेट)

Post Thumbnail

भाद्र २८,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेका तीन गाउँमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । अहिलेसम्म ९ जनाको शव फेला परेको अरु २२ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो गएको हो।

सबैभन्दा बढी क्षति भएको नागपूजेमा पहिरोका कारण ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ । ९८ वर्षकी ट्याक्सी शेर्पा, ४२ वर्षकी ज्ञानिमाया प्रधान र वर्ष ६२–६३ की भक्तिमाया श्रेष्ठको शव भेटिएको हो । त्यहाँ सात घरमा क्षति हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी सापकोटाले जानकारी दिए ।

यस्तै भिरखर्कमा आइतबार बिहान चारबजे तिर गएको पहिरोमा परेर २३ वर्षकी जुनु बिक, २४ वर्षका सुकलाल बिक र सन्देश बिकको ज्यान गएको छ । त्यहाँका दुई घर बगाउँदा अझै चारजना बेपत्ता भएको डिएसजी सापकोटाले जानकारी दिए ।

यसैगरी नेवा टोलकी ६० वर्षे सर्किनी नेवार, ६० वर्षकी हिरामाया नेवार र ६५ वर्षका धनलाल नेवारको शव फेला परेको छ । त्यहाँका दुई घर पहिरोले बगाउँदा अरु एकजना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरो गएका स्थानमा आर्मी, प्रहरी, सशस्त्र परिचालन भएको जानकारी दिए । प्रभावितको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

सिन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस