कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा, पिसिआर अनिवार्य

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ आश्विन १४, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाण्डौ । कात्तिकदेखि विदेशी पर्यटकलाई अनअराइभल भिसा खुला गरेर सरकारले नेपालको पर्यटन क्षेत्र खुला गर्ने भएको छ । कोरोनाका कारण ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा खोल्ने निर्णय गरेसँगै विदेशी पर्यटकलाई नेपाल आउन सहज हुने भएको छ । तर, नेपाल भित्रने पर्यटकले पिसिआर रिपोर्ट ल्याउनुपर्ने तथा ७ दिन क्वारेन्टाइनमा बसेर पुनः पिसिआर परीक्षणपछि मात्रै घुमफिरमा निस्कन पाउनेछन् । व्यवसायीले भने बढीमा तीन दिन क्वारेन्टाइनमा राख्दा पुग्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले पनि क्वारेन्टाइनको अवधि घटाउन पहल गरिरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ धनञ्जय रेग्मीले बताए । उनी भन्छन्, ‘नेपाल आउँदा ७२ घन्टाको पिसिआर रिपोर्ट देखाउनुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।’

इराक, नाइजेरिया, घाना, जिम्बाबे, स्विट्जरल्यान्ड, सोमालिया, क्यामरुन, लाइबेरिया, इथोपिया, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाबाहेक देशका नागरिकले नेपालमा अनअराइभल भिसा पाउँछन् । ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले क्वारेन्टाइनको अवधि घटाउनुका साथै विमानस्थलमै पिसिआर गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्तिबराबरको बिमा पनि अनिवार्य गरिएको छ । पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोना बिमा गर्नुपर्नेछ ।

कोभिड–१९ को जोखिम कायम रहेकाले सरकारले पर्यटकहरूलाई सहरी क्षेत्रमा भन्दा पनि पहाडी र हिमाली भेगमा हुने पदयात्रा र पर्वतारोहणको प्रवद्र्धनलाई प्राथमिकता दिने भएको छ । विश्व नै एकल पर्यटनमा लागेकाले नेपाललाई सुवर्ण अवसर हुन सक्ने सिइओ रेग्मीको भनाइ छ । सहरबाट गाउँमा पर्यटन पुर्‍याउन कोभिड–१९ नेपालका लागि अवसर हुन सक्ने भएकाले सरकारले सोहीअनुसार प्रवद्र्धन गर्ने उनले बताए । १ असोजदेखि होटेल, रेस्टुरेन्ट र एयरलाइन्स खुलेसँगै प्रमुख पर्यटकीय क्षेत्रहरूमा चहलपहल सुरु भइसकेको छ । सोहीअनुसार एयरलाइन्स कम्पनीहरू र ट्राभल कम्पनीहरूले समेत आन्तरिक प्याकेज सुरु गरिसकेका छन् । विदेशी पर्यटक भिœयाउने निर्णय सरकारले गरे पनि पर्यटकहरूलाई नेपालको सुरक्षाको विषयमा विश्वास दिलाउनु अहिलेको महत्वपूर्ण काम भएको होटेल संघ नेपाल हानका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस