अनअराइभल भिसासम्बन्धी सरकारको मापदण्डप्रति टानको असन्तुष्टि किन ?

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सिस् एशोसिएशन अफ नेपाल (टान) ले विदेशी पर्यटक आगमनका लागि नेपाल सरकारले व्यवस्था गरेको मापदण्डप्रति असन्तुष्टि जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रायले गत असोज ९ गते बनाएको पदयात्रा तथा पर्वतारोहण सर्त सम्बन्धी मापदण्ड २०७७ ले व्यवस्था गरेको पर्यटक क्वारेन्टिन र अनअराइभल भिसाको मापदण्ड प्रति टानले असन्तुष्टि जनाएको हो ।

मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकले अनिवार्य रुपमा ७ दिन क्वारेन्टिनमा बस्नु पर्ने छ भने अनअराइभल भिसाका लागि ट्राभल वा ट्रेकिङ एजेन्सीको सहयोगमा पर्यटन विभाग, बोर्ड र अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ ।

७ दिन लामो क्वारेन्टिन र झन्झटिलो भिसा प्रक्रिया पर्यटकका लागि अव्यवहारिक भएको भन्दै उक्त मापदण्ड तत्काल संशोधन गर्न टानले सरकारसँग माग गरेको छ । कोभिड–१९ कै बीच खुल्ला गरिएको पदयात्रा तथा पर्वतारोहणको अनअराइभल भिसाका लागि अन्य स्वास्थ्य सुरक्षा तथा प्रावधानहरु ठीक भएपनि क्वारेन्टिन र भिसा प्रक्रिया भने उचित नभएको सुवेदीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस