थाक्रेमा गुडिरहेको बसमा आगलागी

Post Thumbnail

असोज २६,काठमाडौँ । धादिङको थाक्रे गाँउपालिका वडा नम्बर १ को सिम्लेमा गुडिरहेको बसमा आगो लागेको छ ।

बिहान तीन बजे थाक्रे गाउँपालिका–१ ढांडे सिम्लेमा बसमा आगो लागेको हो । ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको प्रहरीले जनाएको छ । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका छन् ।

बसमा लागेको आगो धुनिवेशी नगरपालिकाबाट गएको दमकलको सहयोगमा निभाइएको छ । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा रहेको ब्याट्री पड्किएर आगलागी भएको बताइएको छ ।
कसरी आगो लाग्यो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस