बहराइनका राजपरिवार सदस्यको मनास्लु आरोहण सफल

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ आश्विन २९, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाण्डौ । बहराइनका राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले आज बिहान मनास्लु हिमालको सफल आरोहण गरेको छ ।

राजपरिवारका सदस्यको १८ सदस्यीय टोली बिहान सवा ६ बजे मनास्लु हिमाल  ८,१५६ मिटर को शिखरमा पुगेको आरोहण दलका संयोजक सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । यो हिमाल गोरखा जिल्लामा पर्छ । यो विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस