मंसिर ३, धादिङ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिको खानीखोलामा भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएपछि अवरुद्ध त्रिभुवन राजपथ सुचारु भएको छ ।
काठमाण्डौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले धुनिबेशी ७ का स्थानिय ८ बर्षीय रितेश तामाङलाई ठक्कर दिदा निजको घटनास्थलमै मृत्यु भएको हो ।
बालकको मृत्युपछि स्थानिय नागरिकहरुले राजमार्ग दुबैतर्फी बन्द गरेका थिए। दुर्घटना पछि स्थानियहरुको अबरोधका कारण दुबै तर्फी बन्द भएको राजमार्ग ३ घण्टा पछि सञ्चालनमा आएको ईलाका प्रहरी कार्याललय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिइन।
ठक्कर दिने ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।