माघ १३ धादिङ । धुनिबेशी नगरपालिकाको आयोजनामा यहि माघ १६, १७ र १८ गते सार्वजनिक सुनुवाई कार्यक्रम हुँदैछ । नगरपालिकाले माघ १६ गते साविक जिवनपुर क्षेत्रका लागि धुनिबेशी नगरपालिका वडा नम्बर ५ स्थित अमलेचौर, माघ १७ गते साविक नौविसे गाविस क्षेत्रका लागि धुनिबेशी नगरपालिका वडा नम्बर ८ स्थित नगरपालिकाको कार्यालय खानिखोला र माघ १८ गते साविक छत्रेदेउराली गाविस क्षेत्रका लागि धुनिबेशी नगरपालिका वडा नम्बर २ डुम्रेचौरमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा सहभागी हुन सम्बन्धित सम्पुर्णलाई नगरपालिकाले आग्रह गरेको छ ।