धादिङको सिम्लेमा भयानक सवारी दुर्घटना: दुई जनाको मृत्यु,एकजना गम्भीर घाइते

Post Thumbnail

माघ १९,धादिङ । धादिङको थाक्रे –२ कोइरालेमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्को ट्रकमा सामान्य क्षति पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस