थाहा नगर बज्रबाराहीमा १ सय १० जनाले गरे रक्तदान

Post Thumbnail

माघ ३० मकवानपुर । नेपाल रेडक्रस सोसाइटी, प्यासिफीक बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको थाहा नगरपालिका–६ बज्रवाराहीमा आज रक्तदान कार्यक्रम गरिएको हो । पहिलो पटक उल्लेख्य रुपमा रक्तदान गर्ने युवाहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक प्रदिप विडारीले अनलाइन केन्द्रलाई बताए ।

रक्तदानमा १ सय १० जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा थाहा नगरपालिका–६ का वडा अध्यक्ष शशिधर सुवेदीले रक्तदान नै जिवन दान रहेको बताए । उनले बज्रबाराहीका युवाहरुको रक्तदानमा देखिएको सहभागिताले सकारात्मक सन्देश दिएको बताए ।

रक्तदानपछि बोल्दै नेपाल रेडक्रस सोसाइटीका निर्देशक धर्मदत्त विडारीले रक्तदानको महत्व र यसको आवश्यकताका विषयमा प्रष्ट पारेका थिए । देशमा रगतको अभाव नहोस् भनेर रक्तदान गरिएको संयोजक बिडारीले बताए । उनले आगामी दिनमा पनि रक्तदान कार्यक्रम नियमित गरिने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस