दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७७ फागुन ३, सोमबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुण ३, काठमाण्डौ । सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह ९स्याटेलाइट० स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते राजधानीमा आयाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने उद्घोष गरेका थिए । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ ।

विदेशी भू–उपग्रहको प्रयोग मुलुकको राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस