लगातार दुईवटा भूकम्प: सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु

Post Thumbnail

कार्तिक १, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस