फागुन १८,धादिङ । आज फागुण १७ गते बुधवार धुनिबेशी नगरपालीका वडा नं. ७ को सिमबजार, सानिमा बैंक प्राङ्गणमा धादिङ जेसीज, लायन्स तथा लियो क्लब अफ पिस खानिखोला र लायन्स तथा लियो क्लब अफ काठमाण्डौ बिशालबजारले संयुक्त आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आज सम्पन्न भएको रक्तदान कार्यक्रममा ८७ पिन रगत संकलन भएको धादिङ जेसीजका अध्यक्ष त्रिलोक कार्कीले जानकारी दिए।
उक्त रक्तदान कार्यक्रममा बिभिन्न बैंक तथा संस्थाका प्रतिनिधिहरु, स्थानीय ब्यापारीहरु, स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।