थाक्रेमा बस दुर्घटना, १५ जना घाइते,३ जनालाई काठमाडौँ ल्याइयो

Post Thumbnail

चैत्र २४,धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् ।

काठमाण्डौबाट धादिङबेसीका लागि छुटेको बा ५ ख ७४ नम्बरको बस सडकमा पल्टिएको हो ।

घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय खानिखोलाले बताएको छ ।

अन्यको अवस्था सामान्य रहेको र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।  ।

काठमाडौँ पठाइएका घाइतेहरु थाक्रे–७ का भिम ब.पण्डित, धुनिवेशी–४ का सिजन थापा,थाक्रे–७ कै नम्रता रेग्मी रहेका छन् ।

तीन जना घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस