नागढुंगा सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत सम्पन्न

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७९ अषाढ २२, बुधबार (२ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

असार २२, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माणको शिलान्यास भएको ३२ महिना बित्यो । ४ कात्तिक २०७६ मा ४२ महिनाभित्र सक्ने गरी सुरु भएको सुरुङमार्ग आयोजनामा निर्माणको काम करिब ३९ प्रतिशत सकिएको छ । लक्ष्यअनुसार काम हुने हो भने अबको १० महिना अर्थात् आगामी वैशाखभित्र आयोजना बनाइ सक्नुपर्छ । तर, अहिलेसम्म मुख्य सुरुङमार्ग र फ्लाइओभरको संरचनाको काम नै धेरै बाँकी रहेकाले आयोजना तोएिको समयममा पूरा नहुने अवस्था देखिइसकेको छ ।

मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्डको काम भने ५६ प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये १ हजार ३७७ मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये १ हजार ५०७ मिटर सुरुङ खनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस