सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै ! सतर्कता अपनाउन आग्रह

Post Thumbnail

साउन २२,सुनसरी । सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ ।

आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

यसैबीच, आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धाादिङ, कञ्चनपुर र आसपास भइ बहने केही साना नदीमा बाढीको जोखिम रहेकाले सचेत रहन अनुरोध गरिएको छ ।

आउँदो ३ दिनसम्म ठूला नदी कर्णाली, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस