कविताः उसले भेट्यो टुकुचा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ आश्विन ८, शनिबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कविताः उसले भेट्यो टुकुचा

एकादेशमा एउटा खोला हरायो अनि
हामीलाई घोकाइयो, खै खोलो ? स्याप्पै सुक्यो
तर,
तर एकदिन एक जोगी आएर भने,
म चमत्कार गर्छु, खोलो खोज्छु
कस्ले पत्याउने ?
खरानी धस्ने बेप्रवाही जोगीको गफ
सबैको ओठ लेप्रिए
उनै जोगी ध्यानमा बसे
दुर दृष्टि लगाए
अलिक पर सम्म हेरे
आँकलन गरे
सबैको मनमस्तिष्क पढे
अनि निस्किए खोलोको खोजीमा ।

तल तल कतै खोलो सुसाइरहेछ
आफ्नो उपस्थिति जनाउँन खोज्छ,
आफनै मुख थुन्छ बेला बेलामा
ताकि कसैले सुनोस् उसको पिडा तर
मानिस वर्षालाई गाली गर्छन्
कुकुर मु.. कति आउँन सक्छ भन्छन्,
तर थुनिएको खोलोको स्वर सुन्दैनन्

कस्ले सुन्ने उसको आवाज ?
कसले बुझ्ने उसको भाका ?

तर एकदिन जोगीको पाइला खोलोले चिन्यो
खोलोको सुसाहट जोगीले सुन्यो
त्यो बालापनको खिलखिलाहट
त्यो स्वछन्द हाँसो कसरी बिर्सन्छ र खोलोले ?
जोगीले कान थाप्यो,
झन् ठुलो ठुलो स्वरमा खोलो सुसायो
चिच्यायो, करायो अनि भन्यो, स्याने म यहाँ छु नि
जोगीले निशाना लगायो,
खोलोले खुम्चिएका हात माथीसम्म पुर्यायो
हेर्नेको ताँती थियो
गिल्लाउने रमितेको भीड थियो
तर ठ्याक्कै उसले भेट्यो
हो उसले भेट्यो आफ्नो बालापनको सखा
उसले भेट्यो आफ्नो पुरानो मित्र टुकुचा

रचनाकारः प्रियपात्र

ताजा अपडेट

खोजी गर्नुहोस