सिस्नेरी–दक्षिणकाली सडकखण्ड खुल्यो

Post Thumbnail

आश्विन २६,काठमाडौँ । पहिरोका कारण तीन दिनदेखि बन्द रहेको मकवानपुरको सिस्नेरी–दक्षिणकाली सडकखण्ड खुलेको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा आएको पहिरोका कारण आइतवारदेखि बन्द भएको सडकखण्डमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार पहिरो हटाएपछि गाडी चल्न थालेका हुन् ।

पहिरोका कारण हेटौ‌ंडा–भीमफेदी हुँदै काठमाण्डौ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना गाडी वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन भइरहेको थियो ।

त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथलगायत सबै ठाउँमा गाडी सहज रुपमा चलिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस