आश्विन ३१,काठमाडौँ । जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुकाको समयमा चिसो हुन थालेको छ । उल्लेखनीय रुपमा तापक्रम नघटे पनि जाडोयाम सुरु हुन थालेसँगै बिहान र बेलुका चिसो हुन थालेको हो।
दिउँसोको समयमा भने गर्मी नै छ । बिहान केहीबेर चिसो भए पनि त्यसपछि घाम लाग्ने गरेको छ । दिउँसो घाम चर्किने गरेकाले गर्मी नै छ ।
यसपालिको मनसुन बाहिरिसकेको छ । अब केहीदिन खासै पानी पर्ने सम्भावना नरहेकाले दिन घमाइलो हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।
मनसुन बाहिरिएर मौसम खुलेसँगै काठमाण्डौ उपत्यकाबाट आसपासमा रहेका हिमाल छर्लङ्ग देखिन थालेका छन् ।