१२ वर्षअघिदेखि फरार एक अभियुक्त पक्राउ

Post Thumbnail

आश्विन ३१,काठमाडौँ । भक्तपुर प्रहरीले १२ वर्षअघिदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । २४ माघ ०६७ मा दाङ साबिक सैघा गाविस–२ कोइला बस्ती ९हालको घोराही उपमहानगरपालिका–१९० बस्ने ३२ वर्षका सूर्यबहादुर रानाको हत्या मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० वर्ष) कैद सजाय फैसला भएको थियो ।

त्यसबेलादेखि हालसम्म फरार रहेका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । सो हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रेमबहादुर रानालाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले ठिमी संगमचोक भक्तपुरबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउपछि उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । रानालाई अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथ देवल काठमाडौ चलान गरेको उनले जनाए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस