नगर विकास कोषको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

Post Thumbnail

पौष १८,काठमाडौँ । खानेपानी तथा सरसफाइ आयोजनामा बिमाको आवश्यकता सम्बन्धि कार्यशाला गोष्ठी होटल यलो प्यागोडा काठमाडौँमा सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई आयोजनामा बिमाको ज्ञान दिने उदेश्यअनुसार आयोजित कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव एवं नगर विकास कोषका अध्यक्ष सुरेश आचार्यले शहरीकरणको लागी नगर विकास कोषले काम गरिरहेको बताए । उनले गोष्ठीले खानेपानीको क्षेत्रमा काम गरिरहेका उपभोक्ता समितिलाई थप उत्साह आउने बताए । उनले प्राकृतिक बिपत्तिमा हुने क्षतिपुर्ती गर्न बिमाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

आचार्यले आयोजनाहरु सञ्चालन गरिरहदा बिमाको काम गरिरहे पनी ठुला बिपत्ति खानेपानी आयोजनाले भोगिरहेको बताउदै मेलम्ची आयोजना त्यसको उदाहरण रहेको बताए । खानेपानी गुणस्तर मापदण्डमा गम्भीर हुनुपर्ने उनको जोड थियो । क्षेत्रगत रुपमा खानेपानी आयोजनाको बिमाका बारेमा पनि छलफल आवश्यक रहेको बताए । गोष्ठीपश्चात् उपभोक्ता समितिले गरिरहेको बिमाबारे अनुगमन गर्न आफू र कार्यकारी निर्देशक आउने समेत आचार्यले बताए ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले गोष्ठिपश्चात केहि संस्थाहरुको व्यवसायिक कार्ययोजना बनाउने बताए । सापकोटाले गोष्ठीको मुल उदेश्य खानेपानी आयोजनाको बिमामार्फत सुरक्षा प्रदान गर्नु रहेको बताए । खानेपानी तथा ढल व्यवस्थापन विभागका उप महानिर्देशक माधव अधिकारीले गोष्ठीले आयोजनामा बिमाको महत्त्व रहेको बताए । आयोजनालाई चाहिने बिमा निति कस्तो हुनुपर्ने भन्ने सवालमा छलफल जरुरी रहेको बताए ।

नगर विकास कोषका सुर्य बहादुर कार्कीले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए । गोष्ठिमा बिमासंग सम्बन्धित विभिन्न विज्ञहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए । गोष्ठिपछि सहभागीहरुले खानेपानी तथा सरसफाईमा बिमाको महत्व र यसको कार्यान्वयनमा सहजता आउने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस