भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २५, सोमबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौँ । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् । दुर्घटना कैलाली टीकापुर नगरपालिका(१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो

ताजा अपडेट

खोजी गर्नुहोस