नेपाल र इजरायलबीच जनस्तरको सम्बन्ध विस्तार हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ माघ ५, बिहिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ ५, काठमाण्डौँ । नेपाल र इजरायलबीच पछिल्लो समय जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता बढ्दै गएको भ्रमण आदानप्रदानले आपसी सम्मान, सद्भाव, विश्वास, सहयोग र समझदारीमा आधारित मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुँदै गएको कूटनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले हिजो काठमाण्डौमा आयोजना गरेको नेपाल–इजरायल सम्बन्ध विषयक अन्तरक्रियामा उनीहरुले द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई राष्ट्रबीच कृषि, स्वास्थ्य, शिक्षालगायत अन्य धेरै क्षेत्रमा सहयोग र सहकार्य सुदृढ हुँदै गएको बताए । कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरले भौगोलिकरूपमा नेपाल र इजरायल टाढा भए पनि दुई देशबीच अनुपम सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशबीच धेरै विषयमा समानताको सम्बन्ध भएको र पछिल्लो समय दुई देशबीच बढ्दो भ्रमण आदानप्रदानले जनस्तरमा सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस