६२ केजी गाँजासहित दुईजना पक्राउ

Post Thumbnail

चैत्र ९,धनकुटा । धरानमा प्रहरीले दुइ व्यक्तिलाइ ६२ केजी गाँजासहित पक्राउ गरेको छ । धरान वडा नं २० सिरिसेमा मोटरसाइकलमा ल्याउँदै गरेको ३१ केजी गाँजा सहित धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ९ आहालेका २५ वर्षीय जितेन राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी धरान वडा नं ११ सुनौलो वस्तिको घरमा लुकाई राखेको अर्को ३१ केजी गाँजा सहित सुनौलो वस्तिकी ४७ वर्षीय विष्णुमाया राईलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

इप्रकाका अनुसार धरान २० सिरिसेमा जितेन राईले प्रयोग गरेको प्र.१.०२.०५१ प.२३०५ नम्बरको मोटरसाइकल शङ्का लागि चेकजाँच गर्दा ३१ केजी गाँजा बरामद गरिएको हो । त्यही क्रममा विष्णुमाया राईको घरमा खान तलास गर्दा घर कोठामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ३१ केजी फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस