उपत्यका मेयर्स फोरमको अध्यक्षमा महर्जन र महासचिवमा गिरी चयन

Post Thumbnail

चैत्र २४,काठमाडौँ । काठमाडौं उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन चयन भएका छन् । शुक्रबार चन्द्रागिरि हिल्समा सम्पन्न सो फोरमको २ दिवसीय बैठकले महासचिवमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीलाई चयन गरेको छ ।

यसैगरी फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, सचिवमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी एवं कोषाध्यक्षमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, सहसचिवमा मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं उपत्यकाका अन्य नगरपालिकाका मेयर तथा उपमेयरहरू सो फोरमको सदस्यका रूपमा रहेका छन् ।

काठमाडौं उपत्यकाका नगरपालिकाका मेयर तथा उपमेयरहरूको संयुक्त बैठकले नयाँ मेयर्स फोरम गठनसँगै राजधानी भित्रने प्रमुख सडक मार्ग चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित त्रिभुवन राजपथमा अटोमेटिक भेहिकल डिटेक्शन एण्ड मोनिटरिङ सिस्टम जडान गर्ने प्रकृया सुरू गर्ने निर्णय समेत गरेको छ ।

सो बैठकमा काठमाडौं, ललितपुर भक्तपुर जिल्लाका महानगर तथा नगरपालिकाका अधिकांश मेयर तथा उपमेयरहरूको सहभागिता रहेको थियो । काठमाडौं जिल्लामा एक महानगरपालिका सहित ११ वटा नगरपालिका, भक्तपुर जिल्लामा ४ वटा नगरपालिका तथा ललितपुर जिल्लामा ललितपुर महानगर सहित ३ नगरपालिका तथा ३ गाउँपालिका रहेका छन् । काठमाडौं उपत्यकाका स्थानीय तह ९पालिका०बीचमा सहकार्य गर्न उपत्यका मेयर फोरमको गठन भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस