तिन पालिकाको पत्रकार सम्मेलन: फोहोरको नाममा हामीलाई विकास चाहिँदैन्, बन्चरेको फोहोर अन्तै लैजानुस्

Post Thumbnail

बैशाख २४,काठमाडौँ । काठमाण्डौं उपत्यकाको फोहोर विर्सजन केन्द्र बञ्चरेडाँडा कुँडुले ल्यान्डफिल साइटमा फोहोर प्रभावित पालिकाहरुले सयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

बैशाख ५ गते धादिङको धुनिबेशी र नुवाकोटको ककनी गाउँपालिकाले सयुक्त रुपमा १५ दिनको समय दिएर विभिन्न समयमा भएका माग पुरा नगरे फोहोर फाल्न रोक लगाउने चेतावनी दिएका थिए । पत्रकार सम्मेलनमा बेलकोटगढीसमेत थपिएको थियो । महानगर तथा केन्द्र सरकारले कुनै व्यवस्था नगरे पछि शनिबार ३ प्रभावित क्षेत्रका पालिकाले सयुक्त रुपमा पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै धुनिवेशी नगर प्रमुख बालकृष्ण आचार्यले आफुहरुलाई फोहोर नचाहिएको भन्दै यहाँबाट तत्काल फोहोर अन्यन्त्र लैजान र फोहोर फ्याँक्न बन्द गर्नुैपर्ने बताए । उनले भने निरन्तर हामीलाई फोहोर फ्याँकेर पैसा बार्गेनिङ गर्न आएकोजस्तो व्यवहार गरियो, हामीले आफ्नो समस्या राख्दा विकास माग्न आयो भनियो, योजना तेर्सायो भनियो तर हामीले त्यसो भनेका होइनौँ, उनले सबैभन्दा पहिलो फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने माग प्रमुख र प्रथम रहेको बताए ।

बेलकोटगढीका नगरप्रमुख जगत बहादुर गुरुङ र ककनी गाँउपासलका प्रमुख सुमन तामाङले काठमाडौँ महानगरपालिका र संघिय सरकारले गैरजिम्मेवार ढंगले प्रस्तुत भएर फहोर प्याँकेको आरोप लगाए । तिनै पालिका प्रमुखलेआफुहरुलाई फहोर पनि नचाहिने र फोहोरको नाममा विकास पनि नचाहिने बताए ।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा रहेको कुँडुले (बञ्चरेडाँडा)मा काठमाण्डौ महानगरपालिकाबाट अव्यवस्थित रुपमा गरिएको फोहोर विसर्जन प्रति धुनिवेशी सहित तीन वटापालिकाले प्रेस विज्ञप्ती जारी गरेको छ । विगत १८ बर्षदेखि काठमाण्डौ महानगरपालिकाको संयोजनमा १८ वटा नगरपालिकाको फोहर नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको सिसडोलमा विसर्जन हुँदै आएकोमा २०७९ जेठ १० गतेवाट धादिङ्गको धुनिवेसी वडा नं. १ कुडूले (बञ्चरडाँडा) मा उपत्यकाको फोहोर अब्यवस्थित रुपमा विसर्जन गर्दै आएकाले प्रभावित पालिकाका आम नागरिकले विभिन्न किसिमको समस्या भोग्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तीमा धादिङको धुनिवेशी,नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिकाका प्रमुखहरुको हस्ताक्षर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस