विनोद थापामगर हत्या: आरोपी ६ जना पक्राउ

Post Thumbnail

बैशाख २८,काठमाडौँ । हत्या आरोपमा धादिङको गल्छीमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका गल्छी गाउँपालिका ८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरको हत्या भएको हो ।

विनोदको हत्या आरोपमा होटल सञ्चालक २८ वर्षीय निरज पण्डित र पण्डितकी आमा सरस्वतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले बताए ।

छुरा प्रहारबाट घाइते भएका विनोदलाई सँगै खाजा खाइरहेका दुई जना साथीले राति नै उपचारका लागि काठमाण्डौको नर्भिक अस्पताल ल्याएका थिए ।

तर, अस्पताल ल्याउना साथ विनोदको ज्यान गएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानियहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस