धार्केबजारका पसलहरुको अनुगमन: पालिकामा दर्ता गरेर कारोबार गर्न निर्देशन

Post Thumbnail

असार १,धादिङ । जिल्लाको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेकोमा पसलहरुको अनुगम गरिएको छ ।

धुनिवेशी नगरपालिका र वडा नम्बर ६ को आयोजनामा बजार अनुगम गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताए ।
अनुगम टोलिले धार्केमा रहेका ३७ वटा पसलको अनुगमन गर्दा ३१ वटा पसल नगरपालिका र वडामा दर्ता भएको पाइएको छ भने ६ वटा पसल दर्ता नै नगरि लामो समय देखि सञ्चालन गर्दै आएको पाइएको वडा अध्यक्ष आचार्यको भनाई छ ।

यस आर्थिक वर्षमा ५ वटा मात्रै पसल नविकरण भएको र २१ वटा पसल विगत लामो समयदेखि नविकरण नगरी सञ्चालन हुँदै आएको पाईएका ले व्यवसायीहरुलाई छिटो भन्दा छिटो व्यवसाय नविकरण गर्न निर्देशन गरिएको अनुगम समितिले बताएको छ ।

व्यावसाय दर्ता गरि समयमा नविकरण नगर्ने व्यवसायीहरुलाई १५ दिन भित्र नविकरण गर्न निर्देशन दिएको समितिले बताएको छ भने दर्ता विना सञ्चालन हुँदै आएका पसल व्यवसायलाई ७ दिन भित्र दर्ता गरि सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्यसै गरी अनुगमन कै क्रममा मापदण्ड विना सञ्चालन हुँदै आएका होटल व्यवसायीलाई मापण्ड पुरा गरेर सञ्चालन गर्न निर्देशन गरिएको धुनिवेशी नगरपालिकाले बताएको छ । यस किसिमको अनुगमनलाई तिब्रता दिन अनुगमन समितिले बताएको छ । अनुगमनमा वडा अध्यक्ष,वडा सदस्यहरु,कर्मचारी,नगर प्रहरी, पत्रकार र उद्योग व्यवसायीहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस